तुलसीपुर । दाङको तुलसीपुरको बसपार्कमा सडकमा गुडिरहेका अटोबाट पार्कीङ सुल्क उठाउन थाकिएको छ । बसपार्क भित्र पार्कीङ गरेपछी सुल्क उठाउनुपर्ने भएपनी बाहिर सडकमा गुडिरहेका अटो रोकेर पार्कीङ सुल्क उठाउन थालेपछी अटो चालकहरु आक्रोसित भएका छन् । सबै अटोलाई बसपार्क भित्र लगेर पार्कीङ गरी बसपार्क क्षेत्रलाई व्यवस्थित गर्ने उदेश्यले बसपार्क भित्रै पार्कीङ गर्नुपर्ने भनिएपनी बाहिरबाटै सुल्क उठाउन थालेपछी झनै अव्यवस्थित हुने भन्दै अटो चालकहरु आक्रोसित भएका हुन् ।
बसपार्कका ठेकेदार पक्षले जवरजस्ती करकाप गरेर रोडबाटै पार्कीङ सुल्क उठाउन थालेपछी कतिपय अटो चालकले सुल्क दिएपनि कतिपयले भने नदिएर जाने गरेका छन् । सबै अटोलाई बसपार्क भित्र पार्कीङको व्यवस्था गरिएपनि कतिपय अटो व्यवसायीले असहमती जनाउदा निर्णय टुङ्गोमा पुग्न सकेको छैन । अहिले पनि अटो व्यवस्थापनको विषयमा सम्बन्धित सबै पक्षसँग छलफल भइरहेको छ ।


