रोटरी क्लबको अध्यक्षमा बिनिल केसी र रोट्रयाकमा किरण पुन

तुलसीपुर । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको पदस्थापन कार्यक्रम शनिबार एक समारोहका बीच पुरा भएको छ ।

रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा सन २०२४ / २०२५ का लागि बिनिल केसी र रोट्रयाक्ट क्लवको अध्यक्षमा किरण पुन सर्वसम्मत रुपमा चयन भएका हुन ।

यसअघिका रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष तुलसीपुर उपमहनगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बिनिलि केसीलाई र रोट्रयाक्ट क्लव अफ तुलसीपुरका यसअघिका अध्यक्ष इनुप भण्डारीले किरण पुनलाई पदहस्तान्तरण गरेका थिए ।
एउटै मञ्चमा आयोजित कार्यक्रममा पहिले रोट्रयाक्ट क्लवको पदहस्तान्तरण कार्यक्रम भएको थियो भने त्यसपछि रोटरी क्लब अफ तुलसीपुर सिटीको पदहस्तान्तरण कार्यक्रम भएको हो ।

पदहस्तान्तरण कार्यक्रमहरुका प्रमुख अतिथि तथा बुटवल बाट आएका रोटरीयन थानेश्वर आचार्यले समाज सेवामा थप सक्रियताका साथ लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए । ‘ जस्ले तपाँइ र समाजको हित गर्छ त्यो नशा लिनुहोस किनकी त्यो पनि एउटा म्याजिक हो,’ पाण्डेले भने ‘ सामाजिक संस्थाहरुमा बसेर म्याजिक देखाउन साह्रै गाह्रो हुन्छ तर, त्यो ठाउँ र स्थान बिषेश उचित भइदिए म्याजिक देखाउन संभव हुन्छ ।’

कार्यक्रमका बिशिष्ट अतिथि रोटरीयन बिमल रिजालले सामाजिक क्षत्रमा क्रियाशिल क्लबहरु आँफुलाई भविश्यमा कस्तो बनाउने भन्ने बारे अवशरका ढोकाहरु भएको बताए ।
‘जीवन परिवर्तन र समाज रुपान्तरणमा यहाँको महत्वपूर्ण योगदान हुने छ,’ रिजालले भने‘ कुलतमा फसेका छोराका अभिभावकलाई सोध्नुहोस उहाँलाई कति पीडा छ । तपाँइ सामाजिक संघ संस्थामा लाग्नेहरुले आफ्नो जीवन सैली कस्तो बनाउने भन्ने यो ठूलो अबशरको ढोका हो ।’

कार्यक्रमलाई रोटरीयन तथा तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ बित्तीय अधिकृत ललितबहादुर घर्तीले आँफुलाई समर्पित गरेर समाज सेवामा लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए ।

त्यसक्रममा रोटरी क्बल अफ लमहीका अध्यक्ष केशब घिमिरे, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले नब निर्वाचित अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले समाज रुपमान्तरण र समाज हितमा हातेमालो गर्ने बताएका थिए ।
रोटरीको पदहस्तान्तरणका कार्यक्रम सचिव दिपेश भण्डारी र रोट्रयाक्टको पदहस्तान्तरणका कार्यक्रमको सहजीकरण महसचिव सन्दिप भुषालले गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस