ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा शुक्रवार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस