तुलसीपुर उपमहानगर अगाडीका सटर हटाउन थालियो

तुलसीपुर । तुलसीपुर उपमहानगरले कार्यालय परिसरका सटरहरु हटाउन थालेको छ । उपमहानगरले असार मसान्त भित्र कोठा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सोही अनुसार कोठाहरु खाली गरेर सटर भत्काउन सुरु गरेको हो ।सोही स्थानमा पार्किङ ब्यबस्थापनकालागि सटरहरु भत्काउन सुरु गरेको हो । तुलसीपुर ५ घ कित्ता नं.८१२ को जबि ०–१०–० जग्गामा टहरा बनेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस