भालुवाङ– दाङको देउखुरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । लमही– भालुबाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सोमबार विहान ९:४५ बजेको समयमा पुर्वबाट पश्चिम गइरहेको रा ६ प ८०६७ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा ७ प ५०४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
मोटरसाइकल दुर्घटनामा परि दुवै मोटरसाइकलका चालकहरू घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । दुर्घटनामा परि राप्ती गाउँपालिका २ का ३२ वर्षिय भुपेन्द्र गुरूङ र आर्का मोटरसाइकल चालक राप्ती गाउँपालिका–८ निवासी २६ वर्षिय गंगाबहादुर शाह घाइते भएका छन् । घाइते दुवैको स्वास्थ्य चौकी सिसहनियाँमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ असार ३१ गते सोमवार


