सुनको भाउ बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

शुक्रबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस