दाङ – दाङमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १९ बाँसगढीका ५५ वर्षीय पहरु चौधरीको मंगलबार बेलुकी ८ बजेतिर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चौधरीलाई आफ्नै बारीमा घाँस काट्न गएको समयमा दिउँसो साढे ३ बजेतिर सर्पले बायाँ लागि हातमा डसेको थियो , भने सर्पको पहिचान भने भएको थिएन ।
उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आफन्तले पुर्याएका थिए । ढिला गरि अस्पताल पुर्याइएको हुँदा चिकित्सकले चेकजाँच गर्नासाथ उनलाई मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०८१ असार १३ गते बिहिवार


