सेडास वुमेन्स कप खेल्न नेपालको टोली घोषणा, पहिलो भिडन्त जोर्डनसँग

लेबनानमा हुने सेडास वुमेन्स कप–२०२४ को पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोर्डनसँग भिड्ने भएको छ।

लेबनान फुटबल संघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले जुन १० अर्थात् असार २६ गते जोर्डनसँग खेल्ने भएको हो।

साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल जोर्डनसँग टाइब्रेकरमा हारेको थियो।

सेडास वुमेन्स कपअन्तर्गत दोस्रो खेलमा जुन १२ अर्थात् असार २९ गते नेपाल बंगलादेशविरुद्ध खेल्नेछ।

समूह चरणको अन्तिम खेल नेपालले जुलाई १६ अर्थात् साउन १ गते लेबनानसँग खेल्ने तालिका छ।

चार देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोविनमा हुनेछ।

समूह चरणको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।

प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय टोलीको घोषणा गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीको अन्तिम नामावली घोषणा गरेको हो।

वाफ च्याम्पियनसिप खेलेको टोलीबाट मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुले पुनरागमन गरेका छन्।

यो प्रतियोगितापछि नेपालले कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ।

नेपालले यो प्रतियोगितालाई साफकै तयारीका रूपमा लिएको छ।

नेपाली राष्ट्रिय टोलीः
गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

डिफेन्डरः अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

प्रकाशित मिति : २०८१ असार १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस