वेलझुण्डि । ‘या फरस सर पारेर नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययनसंस्थान वेलझुण्डि र पतन्जली योग केन्द्रमध्य दाङको संयुक्त आयो जनामा वेलझुण्डिमा अन्र्तराष्ट्रिय योगा प्रोटोकल सहित योग मनाइयो ।
औपचारीक कार्यक्रम अघि मध्यदाङ वेलझुण्डिमा ग्वारखोला देखि पुर्व र गुर्जेखोला देखि पश्चिमका करीव डेढ दर्ज न पतन्जली योगकेन्द्रका योगकर्मिहरुले घोराही—तुलसीपुर सडक खण्डको फोर्टिनाइन चोकदेखि वेलझुण्डि विश्वविद्यालय सम्म विभिन्न नारा लगाउदै शुभयात्रा गरेका थिए । सवैकालागी योग, सधैकालागी योग, गहुत गोवर खेतमासुद्ध अन्न पेटमा, योगगरौं, स्वस्थ रहौं जस्ता नाराका प्लेकार्ड बोकेर सयौं योगकर्मिहरु शुभ यात्रामा सहभागि भएका थिए ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रिय विद्धपिठका प्राचार्य प्रा डा रामचन्द्र अधिकारीको सभापतित्व तथा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका सहायक डिन डा राजेश्वर अर्यालको प्रमुख आतिथ्यमनास ‘ अन्र्तराष्ट्रिय योग दिवस कार्यक्रममा पतन्जली योगका प्रशिक्षक मधुकेसीसंगै आयुर्वेद क्याम्पसमा विएएमएस तह अध्ययनरत विद्यार्थिहरुले अन्तराष्ट्रिय योग दिवसमा योगाका नयां प्रोटोकल संबन्धि प्रयोगात्मक अभ्यास गराएका थिए । सोहि अवसरमा आयुर्वेद चिकित्साको स्नातक तह विएएमएस अध्ययनरत छात्रछात्राहरुले विभिन्न योग अभ्यासहरु रोचक शैलिमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले योग शिक्षा सवै उमेर समुहका नागरीकहरुका लागी आवस्यक भएको उल्लेख गर्दै तुलसीपुर उपमहानगरपालिकाले योग शिक्षालाइ पाठ्यक्रममै अनिवार्य गरेको बताए । योगाको उद्गम स्थल रहेको यस वेलझुण्डि आफैमा पनि योगि नरहरीनाथको तपोभुमि रहेको भन्दै उनले तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा यो गाहल निर्माण संगै आवस्यक सामाग्रि व्यवस्थापनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा सहायक डिन राजेश्वर अर्यालले योग शारीरिक अभ्यास मात्र नभईनिश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेखगरे । पतन्जली योगका जन्मदातानै यहि यदिेत्रका मुनीवर रहेको उल्लेख गर्दै योगालाइ अव सवै नागरीकको सहज पहुचमा ल्याउन सवैले हातेमाला ‘ गर्नुपर्ने पनिसुझाव दिए । डा देवराज यदिेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विश्वविद्यालय आयुर्वेद विद्यपिठका विभागिय प्रमुख लक्षेश्वर मण्डल, पतन्जली योगकेन्द्र मध्य दाङका संयोजक दान वहादुर बुढाथोकि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा धनवन्तरी स्तुती, योगा स्तुती प्रस्तुत गरिएका थिए । कार्यक्रमको सहजीकरण विए एम एसमा अध्ययनरत छात्रा द्धय आकृति न्यौपाने र नुमा आङ्वोले गरेका थिए
संयुक्त राष्ट्रसंघको महासभाबाट पारितप्रस्ताव अनुसार २१ जुनलाईविश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त राष्ट्रसंघको महासभामा अन्तराष्ट्रिय योग दिवसको प्रस्ताव गरेसंगै सन २०१५ जु लाइ २१ मासंयुक्त राष्ट्रसंघले विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । यसमा नेपालसंगै राष्ट्रसंघमा आवद्ध १ सय ७राष्ट्रले हस्ताक्षर गरेका छन् । नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णयगरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रतयेक वर्ष२१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ।


