घोराही–भारतको गोवामा हुन गइरहेको तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन अल्फा डोजाङ दाङ घोराहीका खेलाडी भारततर्फ प्रस्थान गरेका छन् । अल्फा डोजाङ दाङ घोराहीका अध्यक्ष पदम बहादुर केसी तथा प्रशिक्षक दीपक केसीले मंगलबार खेलाडीहरुलाई विदाई गर्नुभएको थियो ।
तेक्वान्दो काउन्सिल अफ इन्डियाको आयोजनामा यही जुन २१ देखि २३ सम्म भारतको गोवामा ७ औं ओपेन इन्टरनेशनल एशिया तेक्वान्दो च्याम्पियनसीप आयोजना हुँदैछ । सो खेलमा नेपालको प्रतिनिधित्व गर्दै अल्फा तेक्वान्दो डोजाङ घोराही दाङका २२ जना खेलाडी गोवा प्रस्थान गरेका हुन् । टोलीमा तेक्वान्दो प्रशिक्षक सुनिता विष्टको नेतृत्वमा नौ जना महिला र १२ जना पुरुष खेलाडीसहित २२ जना रहेका छन् ।
प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार


