दंगीशरण गाउँपालिकाको आयोजना तथा ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौको प्राविधिक सहयोगमा “स्थानिय स्रोत र साधन,रोजगारी श्रीजनाको प्रमुख आधार” भन्ने मुल उदेस्यका साथ महिलाहरुका लागी प्राकृतिक रेशाजन्य वनस्पती थाकलको पातवाट हस्तकला बिभिन्न सामाग्री उत्पादन सम्बन्धि ३० दिने सिपमुलक तालिमको आज एक कार्यक्रमकाविच समापन गरीएको छ ।दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा ३० दिने तालिमको समापन गरीएको हो ।

समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्थानियस्तरको कला कौशललाइ देश बिदेशसम्म पुर्याउन पनि यहाँका महिलाले सिकेको सिपलाइ व्यबहारमा उतार्न आवस्यक रहेको बताउनुभयो पुरानो कला सस्कृती र परम्परालाइ जोगाइराख्न यस्ता सिपको बिकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ ।आधारभुत तालिम दिएको र सहभागीहरुको रुचि र माग अनुसार एड्भान्स तालिम समेत प्रदान गर्न सकिने बताउनुभयो ।तालिम सिकेर एउटा सफल व्यावसायि,उधमि बन्नसके मात्र तालिमको उपलब्धि हुने अध्यक्ष गिरीले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले विकासका पुर्वाधारका साथ साथै लक्षित बर्गका नागरिकको सिप विकासका लागी बजेट बिनियोजन गरेको बताउनुभयो ।परम्परागत भन्दा पृथक सैलि बाट आकर्षक तवरले बुनियाका स्थानीय उत्पादनले बिदेसि बजारमा समेत मुल्य पाउने उपाध्यक्ष खड्काको भनाइथियो ।सिप कहिले नमर्ने र सिप हासिल गरेपछि थोरैभएपनि आयआर्जनमा सहयोग मिल्ने उपाध्यक्ष खड्काले बताउनुभयो ।सिप सिकेर उधमिबन्न सहभागीहरुलाइ आग्रह गर्नुभयो ।
प्रशिक्षक सिता गैरेले तालिम लियर मात्र नहुने भित्री मनदेखिनै खालि समयको सदुपयोग गर्दै व्यबहारमा उतार्दिन आग्रह गर्नुभयो ।
प्रशिक्षार्थि नमुना लामिछानेले आगामि दिनमा अझै सिप अभिबृद्दी गर्ने खालका कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो ।
यस्तै सहभागि कमला गिरीले तालिमले आफुहरुलाइ उधमि बन्न र जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने गिरीले बताउनुभयो ।कार्यक्रमको सहजीकरण महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीले गर्नुभएकोथियो ।


