बिजौरी । अनन्त परम् उद्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी मदन बाबाको ४५ ओैं जन्मोत्सवका अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मदन बाबा भक्ति केन्द्र काठमाण्डौं र दाङको सयुक्त आयोजनामा दाङको तुलसीपुर उप-महानगरपालिका १९ विजौरी को थानगाँउमा रक्दान कार्यक्रम सम्पन्न भएको हो । मदन बाबाको सानिध्यमा भएको कार्यक्रममा महिला ३२ जना र पुरुष १२ जना गरी जम्मा ४५ जना भक्तजनले रक्तदान गरेका थिए । धर्म र कर्मका विचमा अनुन्याश्रित सम्वन्ध भएको भन्दै मदन बाबाले रक्त दान नै जिवन दान भएको भन्दै यो नारालाई सार्थक तुल्याउन कार्यक्रमको आयोजना गरेको वताउनु भयो ।

कार्यक्रममा दाङ, बाँके, बर्दिया, कपिलबस्तु, कैलाली लगाएतका जिल्लाका मदन बाबा भक्ति केन्द्रमा अवद्ध भक्जनहरुको सहभागिता रहेको थियो । भक्ति केन्द्रका प्रदेश अध्यक्ष मञ्जु जि यमले सहजिकरण गरेको कार्यक्रममा भक्ति केन्द्रका केन्द्रका उपाध्यक्ष अंगानी चौधरी, महासचिव निसा राना, केन्द्रिय सदस्य भरतमणी चौधरी, जिल्ला अध्यक्ष राष्ट्रि रोका, लगाएतको सहभागिता रहेको थियो ।

बुधवार बेलुका महाआरति हुने र बिहिबार जन्मोत्सव कार्यक्रम भएको मदन बाबाले जानकारी दिनुभएको छ ।


