टी–२० विश्वकप : अफगानिस्तान १२५ रनले विजयी

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले विजयी शुरूआत गरेको छ।

मंगलबार बिहान भएको खेलमा अफगानले युगान्डालाई १२५ रनले पराजित गरेको हो। अफगानले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा ५८ रनमै समेटिएको हो।

युगान्डाका लागि रोविनसन ओबुयाले १४ र रिजात अल शाहले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

अफगानका लागि फजलहक फारूकीले पाँच, नवीन उल हक र रशिद खानले दुई–दुई तथा मुजीब उल रहमानले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो। अफगानका लागि रहमनुल्लाह गुर्बाजले ७६, इब्रामि जड्रानले ७० र मोहम्मद नवीले १४ रन बनाए। युगान्डाका लागि कसमस कियुटा र ब्रियन मसबाले दुई–दुई तथा अल्पेश राजमानीले एक विकेट लिए।

यसअघि गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

यो जीतसँगै दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ। यो समूहमा रहेको नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस