दंगीशरण । जर्सी ओभरसिजको आर्थिक सहयोग तथा प्राक्टिकल एकसन डिप्रोक्स सँगको सहकार्यमा समुन्नति डिजिटल फाइनान्स परियोजना अन्तर्गत शान्तिनगर गाउँपालिका, र दंगिशरण गाउँपालिकाको सयुक्त सहजीकरणमा समुन्नती डिजिटल फाइनान्स परियोजनाको बित्तिय सिक्षा र डिजिटल साक्षारता सम्बन्धि ८ महिने तालिमको समापन गरीएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले डिजिटल दुनिया र प्रविधिको विकासले दैनिक जिबनमा गर्ने कार्यक्रमहरुमा सहज हुने बताउनुभयो ।समयलाइ महत्त्वपुर्ण ठान्नु पर्ने र महत्त्व बुझ्न आवस्यक रहेको अध्यक्ष बस्नेतको भनाइथियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आजको प्रविधिको युगमा प्रविधि अनुकुलित हुन आवस्यक रहेको बताउनुभएको छ ।
यस्तै कार्यक्रमका विशिस्ट अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिँदो प्रविधि अनुरुप अब नागरीकहरुपनि रुपान्तरीत हुन जरुरी रहेको बताउनुभयो । हिजोका दिनमा ३० रुपैया बिधुतको बिल तिर्न ३०० रुपैया खर्च गर्नुपर्ने र समयको नोक्सान हुने अवस्थाबाट अहिले घरमै बसी बिधुतको महसुल बुझाउन सक्ने अवस्थामा आएको बताउनुभयो ।डिजिटल साक्षरताको माध्यमबाट यहाँका ग्रामीण भेगका नागरिकहरुलाइ ८ महिने डिजिटल साक्षरता कक्षा संचालन गर्ने डिप्रोक्स सस्थाप्रती आभार समेत प्रकट गर्नुभयो ।
यस्तै सस्थाको उदेस्य र कार्यहरुवारे जानकारी गराउद डिप्रोक्सका कार्यक्रम अधिकृत लक्ष्मण बिस्टले ग्रामीण समुदायमा रहेका नागरिकलाइ आर्थिक रुपमा सफल र व्यावसायिक रुपमा सक्षम बनाइ डिजिटल कारोवार कसरी गर्ने भन्नेकुरामा टेकेर सस्थाले कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।डिजिटल साक्षरताबाट बित्तीय रुपमा ससक्त गराउन डिजिटल साक्षरता कक्षाले सहयोग गर्ने बिष्टको भनाइ छ ।
३ वटा जिल्ला ८ वटा गाउँपालिकाका करीव ५५०० नागरीकमा एकै साथ काम गरीरहेको उहाँले बताउनुभयो ।
तालिम समापन कार्यक्रममा सानाकिसान खैरेनिका प्रमुख हेमन्त योगि शान्तीनगर गाउँपालिका वडा न ७ का वडा अध्यक्ष तारा बहादुर वलि शान्तीनगर गाउँपालिका उपाध्यक्ष प्रेमा केसी , दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का अगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।


