सुन अहिलेसम्मकै सबैभन्दा महँगो, तोलाकै डेढ लाख हाराहारी पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य अहिले सम्मकै महँगो हो ।

हिजोको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस