​सुनको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

नेपाली बजारमा सोमबार पनी सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले बढेको थियो । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ मंगलबार १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस