कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावा हुरी सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस