देउखुरी । नेपाल पन्क्षि संरक्षण संघको सहयोगमा पर्याबरणिय दिगो बिकास एवंम अनुसन्धान केन्द्रले राजपुर गा पा ७ हाटबासमा ५३ वटा किटनासक झुल वितरण गरेको छ ।
केन्द्रका अध्यक्ष डिल्लीवहादुर रावतको अध्यक्षता वितरण गरिएको झुल वितरण कार्यक्रममा स्थानिय राहत वितरणका सचिव लोक वहादुर भण्डारीले उक्त स्थानका वारेमा जानकारी गराउनु भएको थियो ।
नेकपा माओबादि लुम्बिनि प्रदेश सदस्य नवीन कवरले धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सहजिकरण नेकपा माओबादि तुलसीपुर नगर कमिटि उपाध्यक्ष तुलाराम भण्डारीले गर्नु भएको थियो ।
उक्त क्षेत्रमा आगलागिले पुरै गाउ सखाप पारेको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार


