सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार


