विद्यार्थी लिन हिँडेको स्कुलबसमा आगजनी

चितवन — भरतपुरको मंगलपुर नजिक कल्याणपुरको स्मलहेभन स्कुलको बसमा आइतबार बिहान आगजनी भएको छ । भरतपुरको पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जनाले रोकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेको चितवन प्रहरीले जनाएको छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

चनौली बजारदेखि दक्षिण अमृतचोकका विद्यार्थी लिन गइरहेको बा प्र ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर महानगरपालिका–२० दद्रहनी पुल नेर बिहान साढे आठ बजे तिर रोकेर आगजनी गरेको विद्यालयले जनाएको छ ।

‘कक्षा १ देखि १२ सम्म पढ्ने ७० जना विद्यार्थी लिन गएको बसलाई आगो लगाएका छन्’ विद्यालयका प्रिन्सिपल रामचन्द्र न्यौपानेले भने । घटना किन कसले गरायो केही सोच्नै नसकेको उनले बताए । घटनाममा ६ जना संलग्न रहेको भन्ने खुलेको र उनीहरूको खोजी भइरहेको घटना स्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस