बर्दियाबाट ६ किलो चरेशसहित महिला पक्राउ

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीया आशा राई छिन् ।

उनको साथबाट ६ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । दाङको लमही नगरपालिका–११ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिएको हो ।

१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस