काठमाडौं । नेपाली बजारमा बुधबार सुन (Gold)को मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार


