दाङ दुर्घटना अपडेटः दुईजनाको मृत्यु भएपछि राजमार्ग ठप्प

दाङ । राजपुरमा बसको ठक्कर बाट २ जनाको मृत्यु भएपछि राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षेतीपुर्तीको माग गर्दै आईतबार बिहानैदेखी राजपुर–५ जँग्रहवाबाट छुट्ने सवारीका साधान ठप्प पारेका छन । जँग्रहवा-जहरे, जँग्रहवा–गढवा, जँग्रहवा–गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन ।

शनिवार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर–५, नौंसहरामा पश्चिम देखि पूर्व आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरु मोटरसाईकल सवार राजपुर-५ नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस