काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ रहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँ रहेको महासंघले जनाएको छ।
गत बिहीबार र शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार हालसम्मकै रेकर्ड मूल्य १ लाख २६ हजार पुगेको थियो।
हिजो (सोमबार) र आज (मंगलबार) भने सुनको भाउ स्थिर रहेको हो। अन्तरराष्ट्रिय बजारमा केही महिनाभित्रै सुनको भाउ १ लाख ८० हजार रुपैयाँ प्रतितोला पुग्ने प्रक्षेपण छ।
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार


