नेपाली बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

निरन्तर बढ्दै आएको सुनको मूल्यले आज (बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ ।

बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्यमा पनि आज एकैदिन ३० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा झरेको चाँदी आज १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस