हेमन्तपुर। दाङमा सवारी साधन दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर ८ अस्वाराका तिलक बहादुर रोका, तुलसीपुर १७ बगौसीका बर्ष २२ बर्षिया अन्जु चौधरी, रोल्पाको परिवर्तन गाउँपालिका ६ घर भई हाल घोराही भरतपुर १५ बस्दै आएका ३५ बर्षिया दिल कुमारी बुढा, २६ बर्षिया निता बुढा रहनुभएको छ ।
त्यस्तै घोराही ११ खैराका ४६ बर्षिया नम्रता पोख्रेल, घोराही ११ जोगेनाका ४२ बर्षिया घनश्याम बस्नेत, घोराही १० नारायणपुरका ३६ बर्षिया मनकुमारी खत्री, घोराही १५ का ४३ बर्षिया मिना गिरी रहनुभएको छ ।

तुलसीपुर १८ संग्रामखोला नजिकै घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रा.लि. द्वारा संचालित रा १ ख १३१२ नम्बरको बसको स्ट्रिंङ फेल भएर सडकको छेउमा पल्टिदा दुर्घटना भएको हो ।
घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा ईन्सपेक्टर पर्वत केसीले जानकारी दिनुभयो ।
घटनालगत्तै गाडी र चालक घोराही १० नारायणपुरका ५० बर्षिय प्रेम योगिलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


