तुलसीपुर । तुलसीपुरको घोराही रोडमा रहेको गोल्डेन फ्युचर कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटले कोरियन भाषा परीक्षा पास भएकाहरूलाई विदाइ गरेको छ ।
सन् २०२२ को इपिएस टपिक कृषि क्षेत्र अन्तर्गत दोस्रो चरणको कोरियन भाषा परीक्षा पास गरेका विद्यार्थीहरुलाई आज शुक्रवार एक कार्यक्रको आयोजना गरी सम्मान तथा प्रमाणपत्र प्रदान गरी विदाई गरिएको हो।

इन्स्टिच्युटका सञ्चालक तथा विश्व भाषा क्याम्पस (६ औं लेबल टियु) तथा ८ वर्षदेखिको अनुभवी प्रशिक्षक मोतीराम वली (अनिल) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मनुजा शर्मा रहेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि मनुजा शर्माले दक्ष तथा अनुभवी प्रशिक्षकका कारणले नै विद्यार्थी पास हुन सफल भएको बताइन्। उनले प्रशिक्षकले देखाएको बाटोमा विद्यार्थी हिड्न सके मात्र सफल हुने बताइन्।

सो अवसरमा अर्का प्रशिक्षक सुरेन्द्र केसीले दक्ष र अनुभवी र मिहिनेति प्रशिक्षक भएमा मात्र परीक्षामा सफल भइने बताए। ‘यहाँ पढ्नेले दक्ष प्रशिक्षक पाउनु भएको छ ढुक्क भएर पढ्नुस् अवश्य इपिएस भाषा पास गर्नुहुने छ।’ उनले भने।
कार्यक्रममा इन्स्टिच्युटका सञ्चालक तथा प्रशिक्षक अनिल वलीले सन् २०२२ मा इपिस भाषा पास भएका विद्यार्थीहरूलाई आगामी प्रक्रियामा ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल यस गोल्डेन कोरियन इन्स्टिच्युटले आगामी दिनहरूमा अझै मेहनत र सतप्रतिशत नतिजा ल्याउने बताए।
वलीले अनुभवी र दक्ष प्रशिक्षक भएकै कारण प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए। इपिएस परीक्षाको मोडालिटी अनुसार नै ट्यावबाट परीक्षा गर्ने व्यवस्था रहेको बताए।

कार्यक्रममा बोल्ने वक्ताहरूले धैर्य र संयम भएर मेहनत गरे सफल भइने बताएका थिए। प्रशिक्षक दक्ष र मेहनति भएकाले ढुक्क भएर भाषा पढ्न आग्रह गरेका थिए। सो अवसरमा इपिएस भाषा पास गर्ने गोविन्द चौधरी, टिकाराम खड्का, मिना वली, कमला घर्ती, विशाल डाँगी लगायतकाले बोलेका थिए भने दिपेन्द्र केसीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा नृत्यसहित विभिन्न कलाहरू प्रस्तुत गरिएको थियो।
उक्त इन्स्टिच्युटमा हाल ८ सय बढी विद्यार्थीहरू इपिएस भाषा पढिरहेका छन्।



