तुल्सिपुर । विद्यालयलाई कुनै जानकारी नदिएर ३ जना शिक्षकहरुको सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरुले विरोध गरेका छन् ।
तुलसीपुर १४ मा रहेको बाल मितेरी मावि भोजपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले आइतबार दिउँसो उपमहानगरको परिसरमा नारावाजी गर्दै विरोध गरेका थिए । उनीहरुले विद्यालयमा राजनीति बन्द गर, विद्यालयबाट शिक्षक झिक्न पाईदैन, हाम्रो शिक्षक फिर्ता गर, शिक्षक सरुवा गर्ने मुर्दावाद, हाम्रो आन्दोलन जारी छ, भन्दै नारा समेत लगाएका थिए ।

शिक्षकहरु केही समयदेखि विद्यालयमा कुनै जानकारी बिना अनुपस्थित भएको र उनीहरुलाई उपमहानगरले सरुवा गरेको भन्ने थाहा पाएपछि आफुहरु उपमहानगरमा ज्ञापनपत्र बुझाउन आएको विद्यालयका प्रध्यानाध्यापक ओम प्रकाश वलीले जानकारी दिए । कुनै जानकारी बिना शिक्षकहरुको सरुवा भएकाले उनीहरुले बढाउने सबै बिषयहरु खाली भएको भन्दै उनले दरबन्दीमा भएका पुरानै शिक्षहरुको पुनः स्थापनाको माग समेत गरेका छन् ।

उनका अनुसार विद्यालयमा कार्यरत शिक्षकहरु जंगबहादुर केसी, टंक बहादुर केसी र लेखराज रिजालको सरुवा भएको हो । जंग बहादुरले अंग्रेजी, टंक बहादुर केसीले नेपाली र लेखराज निमावीको अंग्रेजी विषयका शिक्षक हुन् ।
तर, उनीहरुको सरुवाको विषयमा विद्यालयलाई कुनै नभएको भन्दै उनले कुनै पत्र नै विद्यालयलाई नपठाईएको बताए । ३ जना शिक्षकहरुको एकै पटक सरुवा हुँदा विद्यालयको पठन पाठनमा समस्या हुँदै आएको छ । उनका अनुसार आइतबार नै तुलसीपुर उपमहानगराका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाइएको छ । पछिल्लो समय शिक्षक ब्यबस्थापनका नाममा तुलसीपर र घोराही उपमहानगरले शिक्षकहरुको मनपरी सरुवा गरेको भन्दै त्यसको बिरोध हुँदै आएको छ ।

घोराहीका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन्, भने तुलसीपुर क्षेत्रमा केही बिद्यालय ब्यबस्थापन समितिहरु त्यसको बिरोधमा गरेका छन् ।


