दाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति दाङले विभिन्न उपसमितिहरू गठन गरेको छ ।
मंगलबार बसेको कार्यसमिति बैठकले विभिन्न उपसमितिहरू गठन गरेको हो ।
जसमा संगठन तथा बिस्तार उपसमितिमा संयोजन जिल्ला सभापति मदन गौतम रहेका छन् । जसमा ४ जना सदस्यहरू रहेका छन् । यस्तै रक्त सञ्चार सेवा उपसमितिको संयोजक पनि मदन गौतम रहेका छन्, भने अन्य ५ जना सदस्यहरू रहेका छन् ।
यस्तै स्वास्थ्य तथा एम्बुलेन्स उपसमितिको संयोजकमा विमल केसी रहेका छन् । जसमा अन्य ६ जना सदस्यहरू रहेका छन् । विपद् तथा संकट व्यवस्थापन उपसमितिमा थम्मन चौधरीको संयोजकमा ७ सदस्यीय, आर्थिक उपसमितिमा दोर्ण बहादुर वलीको संयोजकमा ५ सदस्यीय गठन गरिएको छ ।
यस्तै योजना तर्जुमा उपसमितिमा वंशी कुमार शर्माको संयोजकमा ५ सदस्यीय, जुनियर युवा सर्कल उपसमितिमा भीम मरासिनीको संयोजकमा ५ सदस्यीय, अनुगमन उपसमितिमा मदन धितालको संयोजकमा ५ सदस्यीय, लैङ्गिक समता एवं सामाजिक समावेशीकरण उपसमितिमा पुष्पा यादवको संयोजकमा ७ सदस्यीय गठन गरिएको छ ।

यसैगरी सामुदायिक संलग्नता तथा जवाफदेहिता उपसमितिमा प्रकाश श्रीवन्दको संयोजकमा ५ सदस्यीय, प्राथमिक उपचार उपसमितिको संयोजकमा सुष्मा भण्डारी रहेकी छन्, भने जसमा ६ जना सदस्यहरू रहेका छन् । यस्तै सभापति मदन गौतमको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ ।
डेनिस रेडक्रसको साझेदारी एवं नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र प्राविधिक सहयोगमा जिल्ला शाखा अन्तर्गत सञ्चालित समुदाय उत्थानशिलतामा अभिवृद्धि ( इएनसीओआरइ ) कार्यक्रम अन्तर्गत बबई गाउँपालिकाको १ खुपे समुदायमा सञ्चालन गरिने खुपे खानेपानी योजना लागि ५ लाख भन्दा बढी रुपैयाँको निर्माण सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले जिल्ला शाखा मार्फत खरिद गर्न अधिकार प्रत्यायोजनको लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै जिल्ला शाखाका विस. २०८० को क्यालेण्डर र शाखाको ५० पुरा भएको स्वर्ण महोत्सव स्मारिका प्रकाशन यही २०७९ साल चैत्र मसान्त भित्र प्रकाशन गर्ने पनि निर्णय भएको छ । यस्तै स्वर्ण महोत्सव समापन कार्यक्रम आउँदो वैशाख १६ गते जिल्ला शाखाको प्राङ्गणमा गर्ने निर्णय भएको योजना तर्जुमा उपसमिति संयोजक वंशी कुमार शर्माले बताए ।


