हेकुली । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) दंगीशरण गाउँ कमिटीको आयोजनामा ‘सहिद/वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई सम्मान आज एक कार्यक्रमका विच दंगीशरण गाउँपालिकाको हेकुलिमा सम्पन्न भयको छ |
महान जनयुद्धको २८ औं बार्षिकोत्सव तथा सहिद सप्ताहको अवसरमा आज गाउँपालिका भित्रका सहिद/वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई सम्मान गरिएको छ | नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्की राजेशको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रमका प्रमुख अतिथी मास्कीले आफू पश्चिम दाङको प्रतिनिधि भयका कारण पश्चिमेलि जनताको आशा र भरोसा अनुसार आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयको हो। आफू पनि जनयुद्धमा होमिएको एक योद्धा भएको कारण सहिद बेपत्ता र घाइतेका सपना नै आफ्नो सपना भएको कारण आफू ती सपना पूरा गर्न अहोरात्र खटिएको जानकारी गराउनु भयो।
कार्यक्रमका विशिस्ट अतिथि पार्टीका प्रदेश सचिवालय सदस्य भिम बहादुर वलीको , प्रदेश सदस्य तथा गाउँ पालिकाका इन्चार्ज हिरालाल चौधरी बज्र, सह इन्चार्ज भिम बहादुर वलि महेश, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज विन्दु खड्का लुम्बिनी प्रदेश सचीव मदन घर्ती लगायतकाले आफ्नो मन्तव्य राखेका हुन।
कार्यक्रमको अध्यक्षता गाउँकमिटी अध्यक्ष मनिराम चौधरी जेहन्दारले गर्नुभएको थियो । गाउँकमिटी उपाध्यक्ष दिलकुमारी बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँ कमिटी सचीव दिपक गौतमले गर्नु भएको थियोे |


