बिजौरीमा सभाहल निर्माणका लागि सहयोग जुट्दै

बिजौरी । बिजौरी उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको संयुक्त रुपमा निर्माण हुन लागेको सभाहलका लागि सहयोग जुट्ने क्रम जारी छ । दुई संस्थाबीच भएको छलफलमा सभाहल निर्माणमा आर्थिक सहयोग गर्नेहरुलाई शिलालेखमा नाम लेखिने र प्रमाण पत्रले सम्मान गर्ने निर्णय गरेको थियो ।

द्विपक्षीय निर्णयअनुसार जसमा ५१ हजारदेखि माथि सहयोग गर्नेको तिन पुस्ते नामाकरण ताम्रपत्रमा लेखिने र बिजौरी उद्योग वाणिज्य संघको आजिवन सदस्यता प्रदान गरिने बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए । योगीका अनुसार १५ हजार एक रुपैयादेखि ५० हजारसम्म सहयोग गर्नेहरुको तीन पुस्ते नामाकरण शिलालेखमा लेखिने छ भने २५ हजारदेखि ५० हजार सहयोग गर्ने दाताहरुलाई उद्योग वाणिज्य संघको आजिवन सदस्य प्रदान गरिने छ ।

त्यस्तैगरी १० हजार १ रुपैयादेखि १५ हजारसम्म सहयोग गर्नेको दुई पुस्ते नाम शिलालेखमा लेखिने र ५ हजार १ सयदेखि १० हजारसम्म सहयोग गर्नेहरुको नामावली शिलालेखमा लेखिने छ भने २ हजारदेखि ५ हजारसम्म सहयोग गर्ने दाताहरुको नामावली फ्लेक्स बोर्डमा लेखिने र प्रमाणपत्र सहित सम्मान गरिने उनले जानकारी दिए । भवन निर्माण आर्थिक संकलन समितिका संयोजक समेत रहेका योगीले अहिले सभाहल निर्माणको लागि आर्थिक सहयोग प्राप्त भइरहेको बताए । साथै उनले सभाहल निर्माणमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीकाअनुसार मंगलबारसम्म ३ लाख ६८ हजार ९ सय १७ रुपैया सहयोगी दाताहरुबाट जम्मा भएको बताए । सभाहल निर्माणमा कुमार रेग्मी ३६ हजार ५ सय ५, बालकृष्ण रेग्मी ३५ हजार ५ सय ५, कृष्ण बहादुर खत्री ३० हजार ५ सय ५, दुर्गा बस्नेत २६ हजार ८ सय ५, प्रेमनाथ योगी ३६ हजार ५ सय ५, दिपक कुमार बस्नेत २६ हजार ५, जयमाँ लक्ष्मी इट्टा उद्योग २५ हजार ५ सय ५, रेश्मीराज खड्का २५ हजार ५ सय ५, नविना केसी वली २५ हजार ५ सय ५, चित्रबहादुर खड्का २५ हजार ५, दामोदर बस्नेत(राकेश) १५ हजार ५ सय ५ सहयोग गरेका छन् ।

त्यस्तै मुक्तबहादुर वली(मुकेश) ११ हजार १ सय ११, विदुर गौतम ११ हजार ५, सागर रेग्मी ६ हजार ६ सय ६६, गोविन्द पार्धे ५ हजार ६ सय ५, गोविन्दबहादुर रोका ५ हजार ५ सय ९५, यज्ञबहादुर पुन ५ हजार ५ सय ५५, डिल्लीबहादुर केसी ५ हजार ५ सय ५५, प्रेमबहादुर विक ५ हजार ५ सय ५५, लालबहादुर केसी ५ हजार ५ सय ५, खिमबहादुर विक ५ हजार ५ सय ५, पदमबहादुर वली ५ हजार ५ सय ५, कर्णबहादुर वली ५ हजार ५ सय ५, सुरेश रेग्मी ५ हजार १ सय ५, बिमल रिजाल ५ हजार १ सय, शंकर केसी ५ हजार १ सय, चिरञ्जीवी रिजाल ५ हजार १ सय, मन्नान राइना कवाडी १ हजार र धनिराम वली १ हजार सहयोग गरेका छन् ।

दुई संस्थाको संयुक्तमा निर्माण भइरहेको भवनमा २५० जना अटाउने क्षमता रहेको रेग्मीले बताए । उक्त सभाहल निर्माण अनुगमन समिति पनि गठन गरेको छ । त्यस्तै संघले जुपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको साधारणसभा तथा अधिवेशनबाट सचिव पदमा चयन भएकोमा संघका प्रेस सल्लाहकार दामोदर बस्नेत राकेशलाई सम्मान गरेको छ । मंगलबार संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा एक कार्यक्रम गरी बस्नेतलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस