दाङ । दाङमा ८० ववर्षीया वृद्धा इनारमा खसेर मृत अवस्थामा फेला परेकी छिन् ।
मंगलबार बिहान ८ बजेतिर इनारबाट पानी तान्ने क्रममा खसेर तुलसीपुर उपमहानगरपालिका १७ निमुवा निवासी ८० वर्षीया चित्रादेवि बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।
मृतक लडेर इनारमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार


