नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंको लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान नेपालगन्जबाट करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढ विमानस्थलमा ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस