भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।

बस दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस