हेर्नुहोस् आजको राशिफल, २०७९ पुस २२ गते शुक्रबार

मेष – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।

वृष – खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने विबाद बढ्ने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।

मिथुन – आज तपाईको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।

कर्कट – आयआर्जनमा राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाईको धनलाभको योग छ, नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।

सिंह – हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।

कन्या – स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।

तुला – आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केही दुविधा पनि रहला ।

वृश्चिक – कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।

धनु – आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केही वृद्धि हुने देखिन्छ ।

मकर – अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला ।

कुम्भ – मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।

मीन – चल–अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस