गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ २० गते हुदै

गढवा । गढवा गाउँपालिकाले यही पुस २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । वडा नम्बर १ को कुलपानीस्ति कुलापानी पार्कमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् ।

चौधरीका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

सम्पूर्ण राजनैतिक दल, सामाजिक संघ सस्था, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सेवाग्राही तथा गढवाबासी आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ ।

कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस