ब्लु हाउसलाई गोरखा रनिङ शिल्ड

तुलसीपुर । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दाङको आयोजनामा भएको साताब्यापी खेलकुद कार्यक्रममा ब्लु हाउसले गोरखा रनिङ शिल्ड २०७९ को उपाधी जितेको छ ।

बिधालयको वार्षिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष यहि समयमा हुने साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण ४ रजत र ५ कास्य पदक हात पार्दै ब्लु हाउसले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै ७ स्वर्ण, ८ रजत र ११ कास्य पदक साथ रेड हाउस उपबिजेता हुँदा ग्रीन हाउस ६ स्वर्ण, १० रजत र २ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भयो ।

त्यसैगरी १ स्वर्ण , ९ रजत र ८ कास्य पदक सहित सान्त्वना स्थान हासिल गरेको एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भयो । गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता नं १९ बाहिनीका लेफ्टिनेन्ट कर्नेल सोनिक गुरुङको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमई, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल र त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा बिधालयका खेलकुद संयोजक मोहन सुनारले विद्यालयले आफ्नो स्थापनाकालदेखि हालसम्म खेलकुदका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले गोरखा माबी तुलसीपुर स्थापनाकालदेखिनै शिक्षासँगै खेलकुदका क्षेत्रमा जिल्लामा अब्बल रुपमा स्थापित भएको बताएका थिए । दाङको सान र गौरवलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्न सफल भएको भन्दै हासिल गरेको उपलब्धीलाई गोरखाले संस्थागत गर्दै लैजानु पर्ने उनीहरुले धारणा राखेका थिए ।

गोरखा माबी तुलसीपुरका प्रिन्सिपल बिजयमान जिएमको स्वागत रहेको कार्यक्रममा खेलकुद पत्रकारिताका माध्यम बाट खेलकुदको बिकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खेल पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । सो अबसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न भेषभुषा, कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम बहादुर खत्री, शसस्त्र प्रहरी निरिक्षक अशोक अधिकारी, रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष शरद रेग्मी, जिल्लामा स्थापित खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि, प्रशिक्षक, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडि, खेलप्रेमी, शिक्षक, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कमल भन्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस