तुल्सिपुर । दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि पर्यटन महोत्सवमा दर्शकको भिड बढे पछि समय तीन दिन बढाइएको छ ।
तुलसीपुरमा पुस्तकालय स्थापना गर्नो उदेश्यले युथ्स अफ तुलसीपुरका आयोजनामा संचालनमा रहेको महोत्सवको समय पुस ९ गते थप भएको हो । दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स बफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।
महोत्सवमा बुधवार गायक बद्री पंगनीले दर्शकलाई छमछम नचाएका थिए पंगेनीले दर्जन बढी गित गाएका थिए भने अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन ।
बुधवार १४ हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक डम्बर डाँगीले बताए ।
यस्तै भोली बिहीबार चर्चित गायक प्रमोद खरेल, गायीका टिका सानु, गायक तथा उद्घोषक दिपक खड्का लगाएतका कालाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।।
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार


