बर्सातले पुर्यायको क्षेतिको अनुगमन गर्दै वडाध्यक्ष योगी

बिजौरी। तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडाध्यक्ष प्रेमनाथ योगीले आफ्नो वडाभित्र अविरल बर्सातका कारण पुर्यायको क्षेतिको अनुगमन गरेका छन् ।

मङ्गलबार खैरेनी टोल निवासी खिमसरा रोका र सक्रामको शिद्धबाबा टोल निवासी टोप बहादुर नेपालीलगायतले बर्षाबाट भएको क्षेतीका बारेमा अनुगमन गरेका हुन् ।

घरको अनुगमन गर्दै वडा अध्यक्ष योगीले चाडैनै वडाबाट पीडितलाई सहयोग गर्ने प्रति प्रतिबद्धता व्यक्त गरे ।

उक्त अनुगमनमा वडा सदस्यहरु, हेमन्तपुर प्रहरी चौकी प्रतिनिधि र स्थानीय समाजसेबी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस