राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप एयरपोर्टबाट पक्राउ

काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज पक्राउ उगरिएको छ । कतार एयरवेजको जहाजबाट बिहीबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिनुभएक सन्दीपलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हत्कडी लगाएको थियो ।

विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । यसअघि उनले आफू नभाग्ने, प्रहरीमा आफैं आत्मसमर्पण गर्ने भन्दै आफूलाई हत्कडी नलगाउन लामीछानेले प्रहरीलाई आग्रह गर्नुभएको थियो । कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहनुभएका सन्दीपलाई विमानस्थलबाट प्रहरी भ्यानमा राखेर प्रहरी वृत्त गौशाला लगिएको थियो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस