साफ महिला च्याम्पियनसिपः आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।

आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।

दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच अन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस