तुलसीपुर–१८ पदभार ग्रहण गर्दै विद्युत महशुल निशुल्क गर्ने निणर्य

बिजौरी। हालै सम्पन्न स्थानीय निर्वाचन २०७९मा विजयी भइ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा दोस्रो कार्यकालका लागि नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका माधव वलीले शुक्रबार पदभार ग्रहण गर्दै बिद्युत महशुलमा छुट दिने निणर्य गरेका छन् ।

गरिब तथा विपन्न परिवारहरुले बिद्युतको महशुल तिर्न समेत नसक्ने भएकोले उनीहरुलाई लक्षित गरी न्युनतम १ सयभन्दा कम महशुल आउने घरपरिवारलाई बिद्युत कार्यालयसँग सहकार्य गरि वडाले नै तिरिदिने व्यवस्था गर्ने निणर्य गरिएको नवनिर्वाचित वडाध्यक्ष वलीले जानकारी दिए ।

पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु धन बहादुर बस्नेत, शितल प्रसाद बुढा मगर, जुगिन्या चौधरी र बसन्ती सार्कीले आजबाट हामी जनताका सेवक भएका छौँ । जस्तोसुकै समस्या परे पनि जनताको लागि सदैव काम गर्ने भन्दै प्रतिबद्धता ब्यक्त गरेका थिए ।

साथै पदभार ग्रहणकै क्रममा वडा नं १८ बाट स्वतन्त्र वडा अध्यक्षका उम्मेदार बसन्त कुमार वलीले वडाध्यक्ष वलीलाई बधाई तथा सफल कार्याकालको शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस