काठमाडौं । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए ।
यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार


