बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नं.२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको बाँकेका जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

मृतक गत माघ २७ मा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए ।

वलीका अनुसार उनले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस