परिवर्तन गाउँपालिकाका चार कर्मचारीहरुलाई बिदाई

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीलाई विहीबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । संघीय मामिला तथा सामान्य कानुन मन्त्रालयले केही दिन अघि नेपालको ७५३ पालिकाका करिब १७ सय बढी कर्मचारीको सरुवा गर्ने निर्णय गरेको थियोे । जसमा परिवर्तन गाउँपालिकामा पाँच जना कर्मचारी परेका हुन ।

परिवर्तन गाउँपालिकामा सरुवा भएर जाने कर्मचारीमा निमित्त प्रमुख प्रशासकीय छैठौं अधिकृत राजेश बोहरा, इन्जिनियर मुक्तिराम कँवर, वडा सचिव सहायक चौथो दिपक गौतम र असिस्टेन्ट सव इन्जिनियर राज चौधरी रहेका छन । सरुवा हुने सबै परिवर्तन गाउँपालिकामा दुई बर्षदेखि कार्यरत थिए ।

एक स्थानीय तहमा कम्तिमा दुई बर्षसम्म रहेर काम गर्ने प्रावधान रहेको छ । बिदाई कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, उपाध्यक्ष हित कुमारी बुढामगर, परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुन, गाउँपालिका प्रवक्ता तथा २ का वडा अध्यक्ष हरि प्रसाद बुढा, ३ का वडा अध्यक्ष झपिराम डाँगी, ४ का वडा अध्यक्ष दल बहादुर बुढा, ५ का वडा अध्यक्ष सुक बहादुर बुढा, ६ का वडा अध्यक्ष भानसिङ बुढा लगायतको उपस्थितिमा सरुवा भएर जाने कर्मचारीलाई फुलमाला, अबिर र मायाको चिनो प्रदान गरी बिदाई गरिएको हो ।

परिवर्तन वडा नं ६ मा कार्यरत सचिव दिपक गौतमलाई पनि बिदाई गरिएको छ । वडा अध्यक्ष भानसिङ बुढाको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रका सचिव कर्ण बुढा, स्थानीय बुद्धिजीवी तथा व्यापारी लुद्र बुढा, वडाका सव इन्जिनियर मोहन घर्ती, पत्रकार सुर्य प्रकाश बुढा र स्थानीयहरुले फुलमाला अबिर लगाई बिदाई गरेका हुन् ।

दुई बर्षसम्म यहाँका नागरिकको सेवा गर्न पाउदा आफू खुशी भएको बताउदै गौतमलेयहाँ आएर काम गर्नु आफ्नो लागि गौरवको कुरा भएको बताए ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस