लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

दाङका इन्द्रजित थारु पनि मन्त्री बन्दै



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि मुख्यमन्त्री केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको हो ।

बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।

दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारु मन्त्रीका रुपमा सरकारमा सहभागी हुने भएका छन् । यस्तै, दाङकै बिमला खत्री ओली राज्यमन्त्री बन्ने भएकी छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री केसी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस