तुलसीपुर । तुलसीपुर वडा नम्बर ७ स्थित मेरिगोल्ड ईङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले विहीबार लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सडक नाटक प्रदर्शन गरेका छ्न्।
लागू पदार्थ सेवनले मानव जनजिवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदलबाट युवा तथा बालबालिकालाई कसरी बचाउन सकिन्छ भन्ने उदेश्यले लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो।
मेरिगोल्ड ईङलिस स्कुलका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुको अभिनय रहेको नाटक राप्ती शान्ती उद्यान गणेशपुर पार्कमा प्रदर्शन गरिएको थियो।
सो अवसरमा बोल्ने बक्ताहरुले प्रस्तुत नाटकले लागू पदार्थ दुर्व्यसनी न्युनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि टोप बहादुर केसी, राप्ती शान्ती उद्यान पार्कका अध्यक्ष डिल्ली भण्डारी, नयाँ पाईला पुनस्थापना केन्द्र बिजौरीका संचालक सुरेश भुसाल, युवा समासेवी हरि खनाल, सौरव सुवेदी लागायतले बोलेका थिए।
कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक सोम राज बस्नेतले गरेका थिए।


