बागलुङ । बागलुङमा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४–५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार


