रुपन्देही । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट गरी ६ लाख बढी मूल्यका सामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० हजार २ सय रुपैयाँ रहेको छ । प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाएको जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार


