काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६२९ अंकमा कायम भएको छ ।
कारोबार रकम भने केही खस्किएको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत रुपमा हेर्दा उत्पादन तथा प्रशोधन समूहमा आज आकर्षण देखियो । यो समूहगत सूचक सबैभन्दा धेरै १.८३ प्रतिशत बढ्यो । यो समूहका नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट, पाल्पा सिमेन्ट जस्ता कम्पनीको मूल्यमा आएको वृद्धिले समग्र समूहगत सूचकलाई उचाल्यो ।
निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा ०.३३ प्रतिशत घट्यो । बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार ०.९७ प्रतिशत बढे ।
आज नेपाल ल्युब आयलको १२.४७, सोनापुर मिनरल्सको ७.६५, घोराही सिमेन्टको ७.०७, सीवाईसी लघुवित्तको ६.४७, उन्नति सहकार्य लघुवित्तको ४.६७, पाल्पा सिमेन्टको ३.६०, त्रिशूली जलविद्युतको ३.०४ प्रतिशत मूल्य बढ्यो ।
मिड सोलु हाइड्रोपावरको ११.५८, धौलागिरि लघुवित्तको मूल्य १०.९८, हाथवे इन्भेस्टमेन्टको ३.४३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट, नबिल बैंक प्रमोटर तथा लक्ष्मी सनराइज बैंक क्रमशः अगाडि रहे ।


